रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ।

आज बिहान मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका सुजन ढकालको शव नेपाली सेनाको उद्धार टोलीले निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेम बहादुर शाहीले जानकारी दिए।

आइतबार दिउँसो पौडी खेल्ने क्रममा गोसाइँकुण्ड दर्शनका लागि आएका मनोज न्यौपाने र सुजन ढकाल बेपत्ता भएका हुन्।

सेनाले आइतबार राति नै गोसाइँकुण्ड पुगेर नाइट हल्ट गरेको थियो।

मृतक ढकाल र न्यौपानेसहित १३ जना युवाहरु त्यहाँ पुगेका थिए। गोसाँईकुण्डमा नुहाउने क्रममा उनीहरु डुबेपछि बाँकी साथीहरु समेत त्यही रहेका छन्। 

घटना बारे थप अनुसन्धान प्रहरीले गर्ने जानकारी दिइएको छ।