मोरङ र संखुवासभामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। 

साउन ०५ गते संखुवासभाको चिचिला गाउँपालिका-३ सोलाखानी स्थित रहेको निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडिका ४० बर्षीय करण धर पौडेललाई सुरुङ भित्र काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको हो।

त्यस्तै, मोरङको केराबारी गाउँपालिका-८ स्थित माहादेब क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका गोर्खाका ३५ बर्षीय मंगल चेपाङको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको छ।