शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्।
प्रहरी वृत्त महाराजगन्जका प्रवक्ता अपिल बोहोराका अनुसार अग्रवाललाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
‘उनलाई ठगी र अपराधी केसमा पक्राउ गरेको हो’, बोहोराले भने, ‘शेयरको ठगी तथा अपराधी विश्वास घातमा पक्राउ परेको हो।’
अग्रवाललाई उजुरीका आधारमा पक्राउ गरेको बोहोराले जानकारी दिएका छन्। अग्रवालविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।