मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन्। 

सडकमा गुडिरहेको भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी२९२८ नम्बरको सेत रंगको कारमा ढुंगो खसेको हो।

ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन्।

उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो।

पहराबाट आएको ढुंगो कारको सन रुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको हो। उक्त ढुंगाले लागेर घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको छ।