नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ८४ को माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान खोजेको बताएका छन् ।
जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा शनिवार काठमाडौँमा आयोजित पद यात्रा कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न पार्टी अगाडि बढेको भन्दै त्यसका लागि मिसन ८४ महत्त्वपूर्ण भएको बताए ।
उनले भने, ‘हामीले अहिले समृद्ध नेपाल सुखी नेपालीको आकांक्ष पूरा गर्नका लागि पार्टीलाई अगाडि बढाई रहेका छौं । मिसन ८४ पनि एउटा महत्त्वपूर्ण कडी हो जसको माध्यमबाट हामी मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहन्छौ ।
नेपालको भविष्य उज्यालो छ र त्यो भविष्यको निर्माण जनताको बहुदलीय जनवादबाट हुने पनि उनको भनाई छ ।