सुनसरीको धरान उप-महानगरपालिका-१३ र इटहरी उप-महानगरपालिका-२० स्थितबाट ४ हजार २ सय ३० किलोग्राम लागूऔषध गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
असार २ गते धरान९१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोपी बोकेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो।
यसैगरी, असार ३ गते इटहरी-२० स्थित तरहरा जङ्गल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना.५ ख ६११६ नम्बरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा प्याक गरी माथिबाट बन्दाकोबी र आलुको बोराले छोपी ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको हो। लागूऔषध गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटा शहिदभुमी गाउँपालिका-६ का राजेन्द्र राई सहित सोही स्थानका सुनिल राई र वराहक्षेत्र-९ का सुमन राईलाई नियन्त्रणमा लिइएको छ। चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका-८ का नारायण प्रसाद राईलाई ९ किलो ९०० ग्राम लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको छ।