झापामा भिन्दाभिन्दै स्थानमा तीन जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा– ४ मदनपुर जलाधार सडक, बिर्तामोड– २ फूलबारी टोल र अर्जुनधारा– ११ नयाँबस्तीमा शव भेटिएका हुन्।

अर्जुनधारा– ४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड– २ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा– ११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।