अमेरिकामा ज्यान गुमाएका हिकारु गौतमको स्मृतिमा निमार्ण भएको हिकारु गौतम फाउडेशनले आज सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन महाशाखा हल चोकलाई गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
बुधवार सभामुख देवराज घिमिरेको उपस्थितिमा हिकारु गौतम फाउडेशनले गोताखोरका आवश्यक सामग्री हस्तान्तरण गरेको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले युवा वर्ग कुनै न कुनै ढङ्गले बाहिर गइरहेका र नेपाल नफर्कने प्रवृत्ति बढिरहेको बताए।
उनले भने, ‘हामी नेपालीहरू नेपाललाई बनाउन लागिरहेका छौँ। नेपाल बन्ने नै छ र नेपाल बन्न गाह्रो पनि छैन तर युवा वर्ग कुनै न कुनै ढङ्गले बाहिर गइरहेको छ। खास गरी मध्यम वर्गको परिवार निरन्तर बाहिर गइरहेको छ। बाहिर जानेहरू फर्किने भन्दा पनि उतै सेटल हुने प्रवृत्तिको विकास भएको छ।’
उनले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेको र विपद् व्यवस्थापनको लागि सीमित मात्र स्रोत साधन रहेको बताए।