नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढेको हो।
महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलवार कारोबार भएको प्रतितोला २ हजार १६५ रुपैयाँमा बुधवार चाँदी कारोबार भईरहेको हो। यस दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ।