सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत् प्राधिकरण बीच मङ्गलवार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मङ्गलवार दरबारमार्ग स्थित प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए। सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरूप दुई पक्ष बिच सम्झौता भएको उनले बताए।
प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षिय परियोजनाहरू स्वीकृत गरेपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी कार्यहरू अघि बढाउने योजना रहेको छ। उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरू स्थापना हुन्छन् सोही अनुसार उक्त कति पावर सप्लाइ गर्ने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणका र सेजका प्रतिनिधिहरू बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।