मङ्गलवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मङ्गलवार तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको हो।
नेपाल सुनचाँदी महासङ्घका अनुसार मङ्गलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८९५ रुपैयाँ तोकिएको छ। यो दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ पुगेको छ। महासङ्घका अनुसार मङ्गलवार १० ग्राम चाँदीको मूल्य १ हजार ८५६ रुपैयाँ कायम भएको छ।