नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ।
आगामी आवको मौद्रिक नीति जारी गर्ने तयारी स्वरूप राष्ट्र बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरूसँग राय–सुझाव माग गरेको हो।
सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय–सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन्। सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेलमार्फत पठाउन सक्नेछन्। राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आव सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ।