झापाको दमक नगरपालिका-७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा बस र मोटरसाइकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
जेठ २१ गते राती मे.१ ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५२ प.२२११ नम्बरको मोटरसाइकल ठक्कर लाग्दा घाइते भएका मोटरसाइकल चालक दमक-४ का ३६ वर्षीय मिलन थापाको उपचारको क्रममा आर्या न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।
बस र बस चालक झापाको गौरादह नगरपालिका-४ का ३२ वर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।