प्रहरीले गाडीको ट्युबमा बगाउँदै ल्याएको २ सय किलोग्राम गाँजा सप्तकोशी नदी किनारबाट बरामद गरेको छ।

बराहक्षेत्र नगरपालिका-१ कोशी पुल उत्तरतिर करिब डेढ किलोमिटरको दूरीमा नदी किनारबाट शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त परिमाणको गाँजा बरामद भएको हो।

बरामद गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। उक्त गाँजा गाडीको ट्युबमा बाँधेर बगाउँदै पहाडी जिल्लाबाट तराईतिर झारेको अवस्थामा भेटिएको हो। उक्त गाँजा बगाएर पठाउने मानिसलाई भने प्रहरीले भेट्न नसकेको जनाएको छ।