नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरूको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा दूध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामूलक दुधपान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रवार ‘दूधको खपत बढाऔँ, अर्थतन्त्र सबल बनाऔँ’ भन्ने मूल नाराका साथ दूध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतना मूलक दुधपान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले दूध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य रहेको उल्लेख गरे। यसरी बालबालिका बीच दूध तथा दुग्धपदार्थको बारेमा जानकारी गराउदैं एसोसिएसनले विभित्र समयमा विभित्र गतिविधि गरेकोमा खुसी व्यक्त गरे।
उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य लिलेन्द्र प्रसाद प्रधानले नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानलाई साथ दिँदै मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्नुपर्ने धारणा राखे।
त्यस्तै दुधपान कार्यक्रम आयोजनाबारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसन विगत केही वर्षदेखि निरन्तर दूध तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यावसायिकीकरण क्रियाशील रहेको र मौलिक उत्पादन मोही प्रबद्र्धनका लागि परेको कुरा बताउँदै कार्यक्रममा सहभागी सबै विद्यार्थीहरूमा सदैव सकारात्मक सोचको आवश्यकता रहेको कुरा बताए।
केन्द्रीय दुग्ध सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले निरन्तर यस्ता कार्यक्रम गरी एसोसिएसनले दूध खपतमा ठुलो सहयोग पुर्याएको कुरा बताउँदै आम विद्यार्थीहरूमा अन्य पेय पदार्थ एवं जनक फुड सेवन नगर्न आग्रह गरे
कार्यक्रममा विद्यालयमा अध्ययनरत एक हजार जनाभन्दा बढी विद्यार्थीहरूलाई दुधपान गराइएका थियो।
साथै नेपाल डेरी एसोसिएसनका सात वटै प्रदेश, २५ वटा जिल्लालाई केन्द्रले विभिन्न कार्यक्रम गरी विश्व दूध दिवस मनाउन निर्देशन समेत गरिसकेको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए।
अन्य विभिन्न स्थानमा पनि विद्यार्थीहरूलाई निःशुल्क दूध सेवन गराउने कार्यक्रम रहेको कुराको जानकारी केन्द्रीय सदस्य रमेश सञ्जेलले बताए।
कार्यक्रममा एसोसिएसनले उपस्थित सबैलाई दूध तथा दुग्धजन्य पदार्थ सेवन गराउदैं उपस्थित अतिथिहरूलाई मायाको चिनो स्वरूप दूध तथा दुग्धजन्य पदार्थ वितरण गरिएको थियो।