मोरङको विराटनगर महानगरपालिका-१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।
जेठ १५ गते अपराह्न जहदा गाउँपालिका-२ का श्रवण महतोको ६ वर्षीय छोरा कुस कुमार महतो खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा खोलामा डुबी बेपत्ता भएको भन्ने खबर इलाका प्रहरी कार्यालय रानीमा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी स्थानीय बासीको सहयोगमा खोजी गर्दा पानीमा डुबी मृत अवस्थामा बालकलाई फेला पारेको थियो।
मृतक लासलाई पोष्टमार्टमको लागी कोशी अस्पताल विराटनगर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।