त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता भएकी छन्।
बिहीबार साँझ तनहुँको देवघाट गाउँपालिका–५, ठिमुरास्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीया सृष्टि गुरुङ बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।
उनको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको सुरक्षा टोलीले आज बिहान ११ बजेदेखि खोजी गरिरहेको छ।