स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण पश्चात् सफल सगरमाथा आरोहण गर्न सफल आरोही पेम्बा शेर्पालाई सम्मान गरेको छ।
शुक्रवार एक विशेष कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपण पश्चात् सफल सगरमाथा आरोहण गरेको यो विषय पहिलो भएको बताए।
उनले आरोही पेम्बा शेर्पाले नेपाल र स्वयम आफ्नो नामलाई ऐतिहासिक नामको रूपमा चिनाएको बताए।