आज (शुक्रवार) सातौँ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ।
यस वर्ष आज ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नाराका साथ मनाउन लागिएको हो।
वि।सं। २०६३ साल जेठ १६ गते तत्कालीन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा विशेष प्रस्तावहरू पारित भएको दिनको स्मरण गर्दै वर्षेनि जेठ १६ गते यो दिवस मनाउने गरिएको छ।
नेपालको संविधानले महिलालाई राज्यको हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ।