नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो।
बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।