राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज प्रदर्शन गर्ने भएका छन्। 

राजावादी समूहले शुक्रवार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन्। 

बिहीबार यो समूहले राजधानीको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए। 

राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका साथै सङ्घीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चित कालीन आन्दोलन सुरु गरेका छन्।

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन्।