सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ।
बिहीबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन्। 
उनले भने, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौँ। बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको छ।’
प्राङ्गारिक मलको प्रवर्द्धन गरी अर्ग्यानिक फलफूल र तरकारीको उत्पादन गरिने पनि जानकारी दिए।
अर्थमन्त्री पौडेलका अनुसार विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, नीलगाईको नियन्त्रण गरिने र प्रभावित क्षेत्रमा अदुवालगायत खेती प्रवर्द्धन गरिने भएको छ। 
चार करोड २८ लाख माछाका भुरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले जानकारी दिए।