सरकारले झापाको दमकमा अन्तर्राष्टियस्तरको आधुनिक रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ।
बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौँको मुलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रङ्गशालाहरूका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए।
त्यस्तै, उनले खेल पूर्वाधार र संरचनाहरूमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि बताए।
यस्तै, कीर्तिपुरको क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ।
चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्याङ्कनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए।