लोकतन्त्र दिवसको अवसरमा आयोजित वाक्कला प्रतियोगितामा मोरङ ज्ञानोदय अंग्रेजी स्कुल जुनियर तर्फ प्रथम र सिनियर तर्फ तृतीय स्थानको सफलता
बिहिबार २०८२ साल जेठ १५ गते लोकतन्त्र दिवसको अवसरमा नेसनल प्याब्सन मोरङको आयोजनामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा बेलबारी–११, ज्ञानोदय चौकस्थित मोरङ ज्ञानोदय अंग्रेजी स्कुलले जुनियर तर्फ प्रथम र सिनियर तर्फ तृतीय स्थान हासिल गरेको छ।
प्रतियोगिताको जुनियर तहमा सोही विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा रमला घिमिरेले जिल्लाभरिबाट सहभागी विद्यार्थीहरूलाई पछि पार्दै प्रथम स्थान हासिल गरेकी छन्। त्यस्तै, सिनियर तहतर्फ कक्षा ९ की छात्रा वायुङमा राईले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन्।
विद्यालय परिवारले दुवै छात्राहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।