स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व व्यापार सङ्गठनका सदस्यहरूले अमेरिकी भन्सार शुल्कले विश्वव्यापी व्यापारमा बाधा पुर्याएको भन्दै आलोचना गरेका छन्।
सङ्गठनको दोस्रो महापरिषद्को बैठकमा बोल्ने सदस्यहरूले अमेरिकी नीतिको आलोचना गर्नुका साथै बलियो बहुपक्षीय व्यापार प्रणालीको लागि आह्वान समेत गरे।
मङ्गलवारदेखि बुधवारसम्म चलेको बैठकमा अमेरिकाको एकतर्फी भन्सार नीतिले सबै सङ्गठनका सदस्यहरू प्रभावित भएको बताएका छन्। यसका साथै, पारदर्शिताको अभावले विश्वव्यापी व्यापार अनिश्चितता बढाएको छ, आपूर्ति शृङ्खलाहरू अवरुद्ध गरेको, आर्थिक लागत बढाएको छ र खण्डित व्यापार नियमहरूको जोखिम निम्त्याएको जनाइएको छ।
युरोपेली सङ्घले सङ्गठनको को पारदर्शिता संयन्त्रहरूको पूर्ण उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सो क्रममा विश्व व्यापार सङ्गठनका सदस्यहरूलाई ऐक्यबद्धता र सहयोगलाई सुदृढ पार्न, साहसिक सामूहिक कार्यहरू गर्न र वर्तमान विश्वव्यापी व्यापार अवस्थालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सङ्गठनलाई सुधार गर्नुपर्ने धारणा राखे।
संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, जापान, ब्राजिल, इन्डोनेसिया र मलेसिया लगायत दर्जनौँ सदस्य राष्ट्रका प्रतिनिधिहरूले अमेरिकाको एकपक्षीय भन्सार नीतिको आलोचना गरेका थिए।