मोरङ र झापाको विभिन्न स्थानहरूबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेष्ठ ८ गते लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका-१० का समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउन सुगर १ ग्राम ३ सय ३० मिलिग्राम सहित पक्राउ गरेको छ।
त्यसैगरी, प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलीले झापाको झापा गाउँपालिका-४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट मेचीनगर नगरपालिका-७ ईटाभट्टा का २५ वर्षीय घनश्याम माझीको साथबाट ब्राउन सुगर ७ सय ६० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो।