नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ। 
आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मूल्य  भने स्थिर रहेको छ। आइतबार १९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।