राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबारबाट आफ्नो जिम्मेवारीमा फर्किने भएका छन्। भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्।
सभापतिबाट निलम्बन गरेर कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याल अहिले कार्यवाहक सभापतिमा छन्।
लामिछानेको मुद्दा अहिले पनि अदालतमा विचाराधिन र सांसद पद निलम्बनमा छ। तर भोलिबाट हुने पार्टीको जिम्मेवारीमा फर्किने निर्णय भएको पार्टी प्रवक्ता मनिषा झाको भनाइ छ।
झाका अनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पहिलो अध्यक्षता पार्टी कार्यभार सभापति अर्यालले गर्ने र धन्यवाद ज्ञापन गरेपछि दोस्रो बैठकमा लामिछानेले सभापतित्व गर्नेछन्।