बेलबारी बहुमुखी क्याम्पसका कोषाध्यक्ष राजेन्द्र अधिकारीले पदबाट राजीनामा दिएका छन्। उनले बिहिबार बिहान क्याम्पसमा आयोजित स्वबियु पदाधिकारीहरुको सपथ ग्रहण र पदभार ग्रहण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीलाई राजीनामा बुझाएका छन्।
अधिकारीले आफूलाई नेपाली काँग्रेस पार्टीले जिम्मेवारी दिएर पठाएको भएपनि नेबिसंघले चुनावमा भाग लिन नपाएपछि नैतिकताको आधारमा राजीनामा दिएको बताए । बेलबारी क्याम्पसमा काँग्रेस भित्रको किचलोका कारण नेबिसंघले उम्मेदवारी दर्ता गराउन सकेन। अधिकारी नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ का सचिब पनि हुन्।