नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलबारी नगर समितिको दोस्रो नगर अधिवेशन हालै बेलबारी-३ स्थित नेत्र हिन संघको सभा हलमा सम्पन्न भएको छ। उक्त अधिवेशनमा अध्यक्ष पदमा मन कुमार गुरुङ २७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी लक्ष्मण तामाङ्गले १९ मत प्राप्त गरेका छन्।


त्यसै गरी, उपाध्यक्ष पदमा धर्म प्रसाद जमरकट्टेल र राम कुमार राइ चयन भएका छन्। कोषाध्यक्ष पदमा चन्द्र कुमार मगराती, सहसचिवमा संदेश तामाङ्ग विजयी भएका छन्। सचिवको पदमा नगेन्द्र खड्का र महिला उपाध्यक्षको रूपमा नेत्र कुमारी थापा (मन्दिरा) सर्वसम्मत चयन भएका छन्।


निर्वाचनमा जम्मा ४९ मत मध्ये शत प्रतिसत मत खसेको थियो भने ३ मत बदर भएको थियो।


संगठनको आगामी कार्य योजनाबारे चर्चा र रणनीतिक निर्णयहरू लिइएको यस अधिवेशनमा पार्टीका विभिन्न नेताहरू र कार्यकर्ताहरूको उपस्थिति उल्लेखनीय थियो।