मोरङको एक प्रमुख नगरपालिका हो बेलबारी नगरपालिका , नेपाल टेलिकमको नेटवर्क प्रायः विद्युत आपूर्ति नभएको समयमा काम नगर्ने समस्या देखा परेको छ। यस समस्या धेरै उपभोक्ताहरुका लागि असहज भएको छ, जसले गर्दा उनीहरुले आफ्नो मोबाइल नेटवर्क सेवा प्रयोग गर्न असहज महसुस गर्छन्।
नेपाल टेलिकमका उपभोक्ताहरुको अनुसार, बेलबारी क्षेत्रका धेरै स्थानमा विद्युत आपूर्ति बन्द हुँदा टावरहरूको कार्यसम्पादन प्रभावित हुने समस्या देखिएको छ। यसका कारण, धेरै घण्टासम्म मोबाइल नेटवर्क सेवा अवरुद्ध हुने गरेको छ । प्रायः टावरको सञ्चालनका लागि आवश्यक पर्ने बिधुत आपूर्ति स्थिर नभएपछि नेटवर्कमा गिरावट आउँछ र इन्टरनेट सेवा समेत प्रभावित हुन्छ।
नेपाल टेलिकमका अधिकारीहरूले यस विषयमा चासो नदेखाएको उपभोक्ताहरुको गुनासो छ र उपभोक्ताहरुको समस्यालाई समाधान गर्नको लागि कुनै स्पष्ट कदम उठाइएको छैन। यद्यपि, केही सञ्चार विशेषज्ञहरूका अनुसार, यस्तो समस्याले नेपाल टेलिकमको सेवामा गम्भीर असर पार्न सक्छ र यसलाई छिटो समाधान गर्नु अत्यन्त जरुरी छ।

बेलबारी जस्तो क्षेत्र जहाँ धेरै स्थानीय र व्यावसायिक प्रयोगकर्ताहरू निर्भर छन्, त्यहाँ नेटवर्क सेवा स्थिर रहनुपर्ने आवश्यकता छ। नेपाल टेलिकमले यस समस्यामा सुधार ल्याउनको लागि वैकल्पिक ऊर्जा स्रोतहरूको उपयोग वा सौर्य ऊर्जाको जस्तो दीर्घकालीन समाधानको सोच्नुपर्ने बेला आएको छ।
नेपाल टेलिकमको मौनता र समस्याको समाधान नगर्नु उपभोक्ताहरुमा असन्तुष्टि र विश्वसनीयताको कमी सिर्जना गर्न सक्छ। यसका साथै, यस्ता समस्याहरू नेपाल टेलिकमको ब्रान्ड इमेजलाई पनि असर पुर्याउन सक्छ।