‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन्।
बुधवार काठमाडौँमा माइतीघरको सडकमा सुतेर उनीहरूले विरोध जनाएका हुन्।
गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरू सम्बोधन नभएपछि उनीहरू अझै विरोधमा रहेका हुन्। सांस्कृतिक सम्पदा मास्ने विकास विनाश भएको भन्दै लामो समयदेखि ‘नो केबलकार समूह’ यसको विरुद्धमा आन्दोलनहरू गर्दै आइरहेको छ।