साताको पहिलो कारोबार दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो ।यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। जसअनुसार शुक्रवारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।