युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसँग खेल्दै छ। नेपाली समय अनुसार यो खेल अपराह्न १२ः ४५ बजेदेखि सुरु हुनेछ। सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो।
नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो। नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो। 
अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन्। त्यस्तै, फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन्।