नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिवार रातिदेखि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको हो।
शनिवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ।
घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टितेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ।