स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ। शनिवार भएको खेलमा फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा भिल्ला रियललाई २–१ ले पराजित गरेको हो।
भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे। भिल्लाका लागि जुआन फोयथले गोल गरे।
खेलमा अग्रता भने भिल्लाले लिएको थियो। खेलको सातौँ मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए। तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
२३ औँ मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए। जितसँगै रियल २८ खेलमा ६० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ।
२ खेल कम खेलेको बार्सिलोना ५७ अङ्कका साथ दोस्रो स्थानमा छ। भिल्ला भने २७ खेलमा ४४ अङ्कका साथ पाँचौँ स्थानमा छ।