झापाको जलथलमा बुधवार बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। शव सडिसकेको अवस्थामा रहेकोले हात्ती केही दिनअघि नै मरेको अनुमान गरिएको छ।
कचनकवल गाउँपालिका-७ स्थित पाथीभरा सामुदायिक वनमा मृत हात्ती भेटिएको हो। घटनाबारे जानकारी पाएपछि सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालय झापालाई सूचित गरेको छ।
डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकका अनुसार हात्ती कुन कारणले मरेको भन्ने खुल्न बाँकी छ। मृत हात्ती वरिपरि तीनदेखि चार वटा जङ्गली हात्ती बसेका कारण त्यस क्षेत्रमा पुग्न कठिन भइरहेको छ। अनुसन्धानपछि थप विवरण आउने जनाइएको छ।