वुमन्स डे कपमा नेपाल आज (बिहीबार) घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ। युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा पाँचौं दिनका खेलहरू मध्ये आज दुई खेल हुदैछ।
आज पहिलो खेल नामिबिया र हङकङबीच हुनेछ भने दोस्रो खेल घरेलु टोली युगाण्डा र नेपाल खेल्ने भएका छन्। खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ।
जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आजको खेलमा सुधार ल्याउने अपेक्षा गरिएको छ। नेपालले, जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ।
आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ। नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ।
नेपालको टोलीहरू :
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट।