सोमबार सुनको भाउ सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो।

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ। अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।