गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गरेका छन्। भूकम्पीय पुन निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन्।
उनले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताए। गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण पुनर्स्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नुपर्ने बताए। उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए।
डिडिएको काम समयमा सम्पन्न गरी पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए। भूकम्पले घर भत्किएपछि पुन निर्माण पूर्व गरिने डिडिएका लागी जाजरकोटमा ५० जना, रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरी रहेको बताए। फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताए।
मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेको योजनाहरूका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्बोधन गर्ने बताए।
पुर्ननिर्माणको काम छिटोछरितो गरी भूकम्प प्रभावित जनतालाई सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ। भूकम्पपछि जति जनताले दुख पाउनु भयो अबका दिन पाउन नदिने गरी सरकार लागी परेको छ। भूकम्प जति बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकारले विपद् जोखिम न्यूनीकरण कोषलाई बलियो बनाउन आग्रह गरे।
गतबर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्र विन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनि, बाँकी समय अस्थायी टहरामा जीवन निर्वाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरी जाजरकोट र रुकुम पश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो।