चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ। खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ।
युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन्।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ। त्यस्तै, हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ।
नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगाण्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।