भारतले आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार भएको उपाधि भिडन्तमा २ सय ५२ रनको लक्ष्य पाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाएर न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।
भारतले यो ट्रफी जितेको तेस्रो पटक हो। यसअघि भारतले सन् २०१३ र सन् २००२ मा उपाधि उचालेको थियो।