मकवानपुरमा जारी सातौँ बागमती गोल्डकपको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईज युनाइटेड र एपिएफको खेल चलिरहँदा खेलका क्रममा घाइते भएका एपिएफका प्रदीप लामालाई भरतपुर लगिएको छ।
सहिद स्मृति रङ्गशालामा भएको खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग भिड्दा मैदानमा नै अचेत भई ढल्न पुगेका थिए। उनको प्राथमिक उपचार मैदानमा नै गरिए तापनि थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो।
प्रदिपको हाल भरतपुरमा उपचार भइरहेको क्लबले जनाएको छ। शुक्रवारको उक्त खेलमा एपिएफले चर्च ब्वाईजसँग २–३ को हार बेहोरेको थियो।