नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले देश अत्यन्तै जटिल भू–राजनीतिक अवस्थामा रहेको बताएका छन्।
शुक्रवारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको सरकार शासन चलाउँदै र बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको बताएका हुन्।
उनले भने, ‘हामी सबैको ध्यान विश्व परिवेशमा रहेको छ। अहिले अत्यन्तै जटिल भू–राजनीतिक अवस्था छ। विश्वको कुन क्षेत्रमा के घटना घट्ने हो भन्न सकिने अवस्था छैन। सारा विश्व नै अहिले तंरङ्गित छ। हाम्रो देशको सरकार शासन चलाइरहेको छ। बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको छ। दुई दलीय शासन अर्थात् दलीय तानासाही राजनीति गर्ने सोच भन्दा अरू केही छैन।’
साथै उनले नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह ग¥यौँ र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिन दिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेको समेत बताए। अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे।
नेपालले एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए।