प्रेस चौतारी नेपाल रौतहट शाखाको आठौँ अधिवेशनबाट अध्यक्षमा अशोक कुमार पहाडीलाई चयन गरेको छ। 
रौतहटको चन्द्रनिगाहपुरमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिमा उपाध्यक्ष कृष्ण तिवारी, महिला उपाध्यक्ष मञ्जु मानन्धर, सचिव मुकेश साह, सहसचिव राकेश कुमार यादव, सहसचिव (समावेशी) दीपेन्द्र रजक, तथा कोषाध्यक्ष अशोक कुमार यादव चयन भएको निर्वाचन मण्डलका संयोजक रमेश तिमल्सिनाले जानकारी दिए। उनका अनुसार प्रेस चौतारी नेपाल रौतहट शाखाको बन्द सत्रमा व्यापक छलफलपछि नेतृत्व सहित सबै पदाधिकारी सहमति चयन भएको हो।  
प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्य समिति सदस्यमा रुपेश यादव र सरोज मिश्र चयन भएको उनले बताए। प्रेस चौतारीको केन्द्रीय परिषद् सदस्यमा उत्तम उपाध्याय र महिलातर्फ अपर्णा झा चयन भएको उनको भनाइ छ। प्रेस चौतारी रौतहटको आगामी बैठकले थप चार जना कार्यसमिति सदस्य मनोनयन गर्ने निर्वाचन मण्डलले जनाएको छ।