रोल्पामा बुधबार टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको माडी गाउँपालिका वडा नं. ४ चुकबोटबाट माडी गाउँपालिका-२ घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँस्थित सहिदमार्गमा दुर्घना भएको हो।

उक्त टिप्पर सडकबाट करिब १०० मिटर तल खस्दा निजगढ नगरपालिका-५ बाराका ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीले बताएका छन्।