काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा गत माघ २३ गते ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा घाइते भएका ११ जनामध्ये थप एकजनाको मृत्यु भएको छ।

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको गएराति मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए। लामासँगै उक्त घटनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

यसअघि उदयपुरको उदयपुरगढी–७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो।