उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरूले पढाइसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन्।
१२ औँ नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तरगत फर्म टि–२० क्रिकेट टूर्नामेंटको अवसरमा बोल्दै उनले समाजमा भिज्नको लागि पनि पढाइसँगै  खेलहरुको महत्त्वपूर्ण भूमिका रहने बताएका हुन्।
उनले भने, ‘विद्यार्थीहरूले पढाइसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ। आफ्नो  जीवनलाई खेलकुदसँग पनि जोड्नुपर्छ। विद्यार्थीहरूले समाजमा भिज्नको लागि  पनि पढाइसँगै खेलको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। विद्यार्थी जीवनमा आफ्नो  व्यक्तित्व स्थापना गर्नका लागि हरेक किसिमका खेलहरूमा सहभागी जनाउनुपर्छ।’ 
साथै उनले नेपालमा अहिले क्रिकेट क्रेज बढ्दै गएको बताए। उनले क्रिकेटलाई अगाडि बढाउने क्रममा यस्ता टूर्नामेंट प्रतियोगिताहरूले पनि धेरै महत्त्वपूर्ण भूमिका खेल्ने बताए।