जिल्ला अस्पताल कालीकोटले अस्पतालबाट उत्पादित फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ।
युनिसेफ र छाया नेपालको आर्थिक सहयोगमा अस्पताल हाता भित्र फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिएको उक्त भवनबाट सुरक्षित फोहोर मैला व्यवस्थापन सञ्चालनमा ल्याएको हो।
समुदायहरूको जलवायु उत्थानशील बनाउन अस्पतालमा खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा परियोजना अन्तर्गत जिल्ला अस्पतालमा निर्माण भएको फोहोर मैला व्यवस्थापन केन्द्र शुक्रवारदेखि सञ्चालनमा ल्याएको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक बहादुर महतले जानकारी दिए।
फोहोर मैला व्यवस्थापनका लागि अस्पतालले यसअघि प्रयोग गर्दै आएको पानीको मुहान संरक्षण तथा इन्टेक निर्माण, १६ घन मिटरको आर भि टि मर्मत पानी भण्डारणका लागि १ हजार लिटर क्षमताका प्लाष्ट्कि हिलट्याङ्की पानी प्रशोधनका लागि क्लोरिनेसन जडान सहित सुरक्षित फोहोर मैला व्यवस्थापनका लागि अटोक्लभ, से्रडर हात धुने, जोखिम रहित, र कार्यालय कक्ष सहितको भवन निर्माण र दुई वटा सङ्क्रमण तथा धारिलो फोहोर मैला व्यवस्थापन खाडल दुई वटा प्लासिन्टा पिट निर्माण १२ वटा फोहोर भण्डारण केज र फोहोर प्रविधि सञ्चालन तथा उज्यालोका लागि थ्रिफेज ऊर्जा जडान सहित कोभिडको बेला युनिसेफले सहयोग गरी सञ्चालनमा नआएको फोहोर मैला प्रशोधन गर्ने एक सेट क्लोरिनेसनसन मेसिन जडान भई व्यक्तिगत सरसफाइका सामग्री र व्यवस्थापन सामग्री उपलब्ध भएकाले जिल्ला अस्पताल भित्र उत्पादित फोहोर मैला सुरक्षित तवरले व्यवस्थापन हुने जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर प्रकाश पौडेलले बताए।
सुरक्षित फोहोर मैला व्यवस्थापनका लागि सहयोगी संस्था छाया नेपालका कर्णाली प्रदेशका प्रबन्धक मीन बहादुर रावलले दिएको जानकारी अनुसार अस्पतालबाट उत्पादित कुल फोहोर मैलाको २५ प्रतिशत फोहोर संक्राणमक हुने र बाँकी ७५ प्रतिशत फोहोर साधारण फोहोर हुन्छ। तर २५ प्रतिशत उत्पादन हुने संक्रामणत्मक फोहोरको उचित व्यवस्थापन नगर्दा सम्पूर्ण फोहोर संक्रात्मक हुने र अस्पतालमा आउने सेवाग्राही र आसपासका समुदायका लागि घातक हुने गर्छ। कुहीने, नकुहिने र संक्रणमक फोहोर मैला नछुटयाई व्यवस्थापन गर्दा यस विभिन्न किसिमका सरुवा रोगको सङ्क्रमण हुने भएकाले पहिला अस्पतालबाट उत्पादन भएको फोहोर मैला पहिचान गरी सुरक्षित तवरले व्यवस्थापन गर्नका लागि फोहोर मैला सङ्कलन केन्द्र निर्माण गरिएको उनले बताए।
खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजवालले जिल्ला अस्पतालभित्र उत्पादित फोहोर व्यवस्थापनका लागि नगरपालिकाले उक्त फोहोरलाई विसर्जन गर्ने स्थानसम्म ढुवानी व्यवस्थापन लागि सहयोग गर्ने बताए।
फोहोरमैला सङ्कलन केन्द्रको उद्घाटन गर्न पुगेका सामाजिक मन्त्रालय कर्णाली प्रदेशका सचिव दिर्ग बहादुर पोखरेलले फोहोर मैला सङ्कलन केन्द्र निर्माण पश्चात् यसको उपयोगका लागि कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।