चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरूको माग बढ्दै गएको छ। घर मालिक बाहिरी काममा व्यस्त हुँदा पाल्तु जनावरको हेरचाह गर्ने ‘पिट सिटरहरुको माग बढेको हो।
चीनका विभिन्न सहरहरूमा पाल्तु जनावरहरूको स्वामित्व बढिरहेका बेला हेरचाह गर्ने व्यक्तिहरूले राम्रो रोजगारी पाइरहेका छन्।
पाल्तु जनावरको हेरचाह गर्ने कम्पनीले घरमा घरपालुवा जनावरहरूको हेरचाह सेवा थप्दै कामदारहरूको माग पनि गरेका छन्। उनीहरूले कामदारलाई व्यवसायिक तालीम समेत दिइरहेका छन्। 
चीनका ७० भन्दा बढी सहरहरूमा यस्ता सेवा केन्द्रहरू सञ्चालनमा रहेको र राष्ट्रव्यापी रूपमा प्रमाणित पाल्तु जनावरहरूको सङ्ख्या बढेर ४,५०० भन्दा बढी पुगेको छ।
चाइना पाल्तु उद्योग श्वेतपत्र अनुसार, सहरी कुकुर र बिरालो उपभोक्ता बजार २०२३ को तुलनामा ०२४ मा ७.५ प्रतिशतले बढेको छ।